कंचनपुरको मझगाउ बिमान्स्थल सञ्चालन गर्न नागरिक उड्डयन मन्त्रालयमा सम्झौता गरिएको छ। सोमबार नागरिक उड्डयन मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचादनी नगरपालिका बिच बिमानस्थल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। बिमान स्थल विस्तार तथा सञ्चालनका लागि खर्चको ५० प्रतिशत नागरिक उड्डयन मन्त्रालयले लगानी गर्ने भएको त्यस्तै ५० प्रतिशत लगानीमा सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधाराचादनी नगरपालिकाले १० प्रतिशत लगानी गर्ने सम्झैता पत्रमा हस्ताक्षर गरिएको छ।

बिमानस्थलको विकास, विस्तार र स्तरोन्नती सम्बन्धि गुरुयोजना तयार गरी जग्गा अधिग्रहण तथा मुआब्जा वितरण समेतका लागि नागरिक उड्डयन मन्त्रालयले गुरुयोजना तयार गर्ने जनाएको छ । जग्गा अधिग्रहण सम्बन्धि समस्या देखिएमा स्थानिय तह तथा प्रदेश सरकारले सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुस