नेपाली कांग्रेसले गरेको आमसभामा दोहोरो झडप भएको छ। जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो। कांग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा झडपको अवस्था सिर्जना भएको कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव वीरबहादुर विष्टले बताए।

सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडपको अवस्था भएको हो,उनले भने– झडपमा ६ जना घाइते भएका छन्। घटनास्थल तनावग्रस्त बनेको छ।’

प्रहरीले घटनास्थलसम्म पुग्न केही समय लाग्ने बताएको छ। पनसेराको विरोध सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महरलगायत नेताले बोल्ने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुस