बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको १३ दिन बितिसक्दा समेत हत्या पहिचान हुन सकेको छैन। यसबिच नेपाल कम्युनिस्ट पार्टी विप्लवले १३ औँ पुण्यतिथीमा बैतडीको दोगडाकेदार गाउँपालिका –२ बणियाको रौलेश्वर माध्यामिक विद्यालय कफलकोटमा मैनबत्ती र राष्ट्रिय फुल लालिगुरासको बिचमा मृतको फोटो राखेर शोकसभा सहित विरोध जुलुस निकालेको हो।
No description available.
मंगलबार सुरक्षाकर्मीकै बिचमा विप्लव नेकपाले विरोध प्रर्दशन गर्दे ‘हत्यारालाई यथशिघ्र सार्वजनिक गर, नालायक केपि सरकार खबरदार’ भन्दै नारा लगाएको छ। विप्लव नेकपाका दोगडाकेदार इन्चार्ज आजादले १३ दिन बितिसक्दा समेत हत्या सार्वजनिक नगरिँदा विरोध जनाइएको बताए। उनले शीघ्र हत्यारा सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउन माग गरे।
प्रतिक्रिया दिनुस