धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा.ली.ले सुदूरपश्चिममा बायो शक्ति प्रांगारिक मलको साँखा विस्तार गरेको छ। मंगलबार कैलालीको गोदावरीमा कार्यालयको समुद्घाटन गर्दे टेक्नोलोजी प्रा।ली।ले सुलभ मूल्यमा दानादार प्रांगारिक मल उपलब्ध गराइने जनाएको हो।
यसअघि सुदूरपश्चिमका विभिन्न ४० एग्रोभेटबाट मल उपलब्ध गराइरहेको धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा।ली ले अब भने कार्यालय स्थापना गरेर सुदूरपश्चिमका बढी भन्दा बढी किसानहरूलाई प्राङ्गारिक मल उपलब्ध गराइने जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि गोदावरी उद्योगवाणीज्य सङ्घका अध्यक्ष अशोक देवकोटाले प्राङ्गारिक मलको साँखा विस्तार गरे सँगै यस क्षेत्रका किसानको उब्जनीमा समेत वृद्धि हुनेमा विश्वस्त रहेको बताए। उनले वाणिज्य सङ्घको तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाए।
कार्यक्रममा धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा।ली क्षेत्रीय सभापति सुधीर सिंहले किसानहरूले भारतबाट आयातीतमलको प्रयोगले जमिनको उर्वरा शक्तिमा ह्रास आइरहेकाले किसानहरूलाई प्राङ्गारिक मल प्रयोगमा ल्याउन आग्रह गरे। उनले सुलभ मूल्यमा अत्तरियामा खोलिएको साँखाकार्यालयबाट मल उपलब्ध गराइने बताए।
यस प्राङ्गारिक मलको प्रयोगबाट बालीहरूलाई किरा र रोगबाट संरक्षणका लागी प्रतिरोधात्मक क्षमतामा विकास गराउने, उब्जनीमा वृद्धि, माटोको उर्वरा शक्ति बढाउनमा मदत पु¥आउने उनले बताए। उनले बायो शक्ति प्रांगारिक मल रासायनिक मलको विकल्प नभई पूरक मात्रै भएको दाबी गरे।
धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा.ली. अत्तरियाका शाखा इन्चार्ज प्रमानन्द भट्टले आधुनिक प्रोटिन हाइड्रोलिसिस प्रविधिको सहयोगले कैल्सियम र जिब्समको मिश्रणलाई दानाको रूपमा परिवर्तित गरेर बालीहरूलाई आवश्यक मुख्य पोषक तत्त्व र सूक्ष्म पोषकहरूको प्राङ्गारिक मिश्रणका साथै विभिन्न १६ तत्त्वहरूको झोलको लेपनबाट तयार परीएको दानादार प्राङ्गारिक मलको प्रयोगले किसानहरूको खेतीमा दोब्बरले बृद्धीहुने दाबी गरे। वर्षोदेखी भारतीयमलको प्रयोगबाट खेतीमा उर्वराशक्तिमा आएको ह्रासले उत्पादनमा गिरावट आइरहेको बताए।
जसकालागी बायो शक्ति प्राङ्गारिक मल प्रयोगमा ल्याउन किसानहरूमा आग्रह समेत गरे। कार्यक्रममा गोदावरी नगरपालिकाका उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवकोटालाई मायाको चिन्ह प्रदान गरिएको थियो। त्यस्तै अत्तरियाका व्यापारी अशोक कुमार न्यौनाल लगायत पत्रकारहरूलाई सम्मानित गरिएको थियो।