बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको १३ दिन बितिसक्दा समेत हत्या पत्ता लाग्न सकेको छ्रैन्। न्यायको माग राख्दै सुदूरपश्चिम सहित राजधानीमा समेत विरोध प्रदर्शन भइरहेको छ। यसै बिच अखिल नेपाल स्वतन्त्र राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सङ्घर्षका कार्यक्रम तय गरेको छ।
अखिल (क्रान्तिकारी) बैतडीले प्रेस विज्ञप्ति जारी गर्दे फागुन ४ गते सम्म विरोध प्रदर्शन र भोलि ५ गते जिल्लामा शैक्षिक आमहड्ताल घोषणा गरीएको जनाएको हो।
अखिल (क्रान्तिकारी) बैतडीका अध्यक्ष सुरेन्द्र धानुकले किशोरीको बलात्कार पछि हत्या भएको १३ दिन बितिसक्दा समेत सरकार मौन र प्रहरी प्रशासन अनुसन्धानको बहानामा उक्त गम्भीर घटनालाई निर्मला पन्तको घटना जस्तै बनाउन खोजिरहेको देखिन आएको सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाए। उनले बुधवार न्यायका लागी जिल्लामा शैक्षिक आमहड्ताल गरिने जनाए।