बैतडीको दोगडाकेदार –७ चडेपानिकी १७ बर्षिय किसोरी भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपीतलाई प्रहरीले आज सार्वजनिक गर्देछ। प्रहरीले उक्त घटनाका आरोपीत सनातन धर्म माबिमा कक्षा ११ मा अध्ययनरत किसोर दिनेश भट्टलाई सार्वजनिक गर्न लागेको हो। तर उनले नै बलत्कारपछि हत्या गरेका हुन् या होइनन् भन्ने आसंका उब्जीएको छ। बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका ब्यक्तिले भने, आफैले भागरथीलाई भिरबाट लडाएर घाटी थिचेर हत्या गरेको प्रहरी समक्ष बयान दिएकाछन्। तर उनले बलात्कार भने नगरेको बयानमा भनेकाछन्।

आरोपीत दिनेशले आफ्नी फुपुलाई बिगतमा भागरथीको परिवारले दुव्र्यवहार गरेकोले उनको हत्या गरेको बयानमा भनेकाछन्। तर भागरथीको पोष्टमार्टम रिपोर्टले भने उनको बलात्कार पछि नै हत्या भएको पुष्टि गरीसकेको छ। उ सो त उनको शब फेला परेको क्षेत्र लबलेक जंगलमा आउजाउ भइरहने भएकाले बलात्कार र हत्या सम्भव नभएको स्थानिय बताउँछन्। उनको बलात्कार  सामूहीक या एक्लै भन्ने पनि प्रहरीले स्पष्ट खुलाउन सकिरहेको छैन्।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश कुमार सिंहले भने आफुहरुले अरोपीतको बयान भन्दापनि प्रहरीलाई प्राप्त प्रमाणहरुका आधारमा पक्राउ गरीएको बताए।

संकाको घेरामा रहेका अरुसंग पनि प्रमाण जुधाँउने काम नगरेको भन्ने होईन्। उनले भने,–दिनेशसंग बिश्वस्त हुदैँ प्रहरी यो निस्कर्षमा पुगेको हो।’ घटनामा दोसी उम्कीने र निर्दोशी फस्ने काम कुनैपनि हालतमा हुनेछैन्। यसमा ढुक्क रहन आग्रह गर्दछु।’

प्रतिक्रिया दिनुस