सुनको भाउ आज ११ सय रुपैयाँले घटेको छ। हिजो तोलामा ९० जार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा झरेको छ।

कोरोना भाइरसको सङ्क्रमणसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ। यस्तै, आज चाँदीको पनि भाउ घटेको छ। चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ हिजोको भन्दा २० रुपैयाँले सस्तो हो।

प्रतिक्रिया दिनुस