फोटो : सामाजिक सञ्जाल।
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरेको आरोपमा बैतडी प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दे १६ वर्षीया किशोर दिनेश भट्टलाई बलात्कार र हत्या आरोपमा सार्वजनिक गरेको हो।
बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले प्रहरीले गर्नुपर्ने काम सिद्ध्याएको बताए। उनले विभिन्न प्रमाणका आधारमा अभियुक्त सार्वजनिक गरिएको बताए। तर भट्टको बलात्कार हत्या प्रकरणमा संलग्नता रहेको या नरहेको भन्ने जिल्ला अदालतले नै पुष्टि गर्ने बताए।
प्रहरीले आफ्नो जिम्मेवारी पुरागरेको दाबी गरी १६ वर्षीय किशोरलाई भागरथीको बलात्कार पछि हत्या गरेको आरोपमा सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा टीकाटिप्पणी सुरु भएको छ। सामाजिक सञ्जालमा प्रहरीले वास्तविक अपराधी लुकाउँदै आधार हीन तथ्य दर्साउँदै हत्यारा सार्वजनिक गरिएको आरोप लाग्न थालेको छ।
एका तिर प्रहरीले मृत शरीर फेला परेको क्षेत्रमा मानिसहरूको आउजाउ भइरहने हुँदा उक्त क्षेत्रमा घटना घट्न नसक्ने जनाएको थियो। उनको शरीरका लुगा फुकालेको, घाँटी निमोठेको अवस्थामा मृत शरीर फेला परेको थियो।
उनको सामूहिक बलात्कार भएको या नभएको पुष्ट नहुँदै प्रहरीले एकजनालाइ सार्वजनिक गरी आफ्नो जिम्मेवारी पुरा गरिएको जनाएको हो। घटनाको अनुसन्धानका लागी खटाइएको कुकुरले घटनामा सवारी साधनको प्रयोग गरेको देखाएको थियो।
तर बैतडीका प्रहरी नायव उपरीक्षक अधिकारीले विभिन्न प्रमाणका आधारमा आरोपी सार्वजनिक गरिएको बताए। उनले किशोरीको बलात्कार पछि हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता गरिएको जानकारी दिए।
प्रतिक्रिया दिनुस