जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक केशव राज भट्ट सुदूरपश्चिम प्रदेशकै ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भएका छन्। बुधवार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज भट्टलाई सुदूरपश्चिम प्रदेशकै ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भएको घोषणा गर्दै पुरस्कृत गरेको हो।

No description available.

प्रदेशकै उत्कृष्ट ट्राफिक व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै भट्टलाई नगद १५ सयका साथै प्रमाण पत्र प्रदान गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

प्रहरी निरीक्षक भट्टले जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको इन्चार्जको जिम्मेवारी सम्हालेपछि जिल्लामा ट्राफिक व्यवस्थापनमा नौलोपन र दुर्घटना न्यूनीकरण भएको स्थानीयको भनाई छ। सवारी चालक अनुमति पत्र पाएकाहरूलाई भट्टकै पालादेखि अभिमुखीकरण समेत गराइरहेको, सडकमा ट्राफिक चिन्हदेखि सचेतना कार्यक्रम सचालन गरेका भट्टको चौतर्फी प्रशंसा भइरहेको छ। यस अघि उनी काठमाडौँमा समेत ट्राफिक प्रहरीमा काम गरेर ६ महिना अघि कञ्चनपुर आएका थिए।

प्रतिक्रिया दिनुस