फाइल ।

खर काट्न गएका बेला भिरबाट धकेलेर एक महिलाको हत्यागरेको आरोपीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको जिल्लाको नौगाड गाउँपालिका –६ की २५ वर्षीया अमरा खत्रीको हत्यामा संग्लन रहेका २८ वर्षीय अगबरसिह बोहरा गडिगाडबाट आज विहान पक्राउ परेका हुन्।

खर काट्न गएकी खत्रीलाई भीरमा लात्ताले हानेर हत्या गरे लगत्तै बोहरा फरार थिए। नौगाड गाउँपालिका प्रहरी चौकी होपरीगाड तथा इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले हत्या आरोपी बोहरालाई गडिगाडबाट प्रकाउ गरिएको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए। मृतक महिलाको शवको पोष्टमार्टम हुन सकेको छैन्। मृतक महिलाका दुई छोरा छन्।

प्रतिक्रिया दिनुस