गौरीफण्टा नाका हुदै भारतर्फ लैजाँदै गरिएकी एक महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी कैलालीको घोडाघोडी नगरपालिका –१ की ३२ वर्षीया सीता लुहारलाइ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वर टोलीले उद्धार गरेको हो।

घोडाघोडी ५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले वडा नम्बर १ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए। उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका लागि प्रहरी चौकी त्रिनगरमा बुझाइएको छ।

प्रतिक्रिया दिनुस