नेपाल महिला संघ जिल्ला कार्य समिति बझाङले चैनपुरमा आयोजित विरोध सभामा राष्ट्रपतिले गर्दा नै बलात्कार बढेको आरोप लगाएको छ। नेपाल महिला संघ जिल्ला कार्य समिति बझाङले विहीबार आयोजना गरेको विरोध सभामा खेलिएको देउडा खेलमा राष्ट्रपतिका कारण देशमा बलात्कार भएको आरोप लगाएको हो।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघका केन्द्रिय अध्यक्ष माननिय डा. डिला संग्रौलासहित बझाङ पुगेकी महिला नेतृहरु देउडा खेलमा सहभागी थिए। नेतृहरु सहभागी खेलमा नै “विद्या तेरा लाग्दा कतिका बलात्कार भया”लगायतका गितहरु गाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन संविधानको हितमा नरहेको भन्दै नेपाली काँग्रेस र उसका भातृ संगठनहरुले यतिबेला देशैभरी विरोध ¥याली गरि रहेका छन्।

एक तहको नेतृत्व सहभागी भएको सभामा यतीसम्मको भाषा प्रयोग हुनु जाहेज नभएको सभामा नै सहधागी एक महिलाले बताइन्। महिलाले महिलालाई नै यसरी निराधार आरोप र तुच्छ भाषाको प्रयोग गर्नु ठिक होइन् कार्यक्रममा नै सहभागी एक महिलाले बताइन्। उनले भनिन् “क्या विद्याले झाउ तमी अरुकी चेलीखी बलात्कार गर भन्यो होइ क्या बा ! मान्छेले बुद्धी पु¥याएर बोल्न जान्नु पर्छ। ज्या मनमा लाग्यो त्यो बोल्न पाइन्छ ?”नेतृत्व वर्गको मान्छेले के बोल्छ भन्ने कुरामा सवैको ध्यान हुन्छ नै। तर विरोध कार्यक्रमको समापन पछिको देउडामा भनिएका गीतहरुले भने नेतृ संग्रौला र उनको टिमलाई अफ्ठ्यारो बनाएको छ। उच्च पदस्थ र राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा रहेको महिला माथिको गलत र तथ्यहिन भाषाले नेतृ र उनको टिमलाई आलोचित बनाएको छ।

प्रतिक्रिया दिनुस