कञ्चनपुरको बेदकोट नगरपालिकाले ब्लडबैकका लागि नेपाल रेडक्रस सोसाईटी शाखा महेन्द्रनगरलाई एक लाख आर्थिक सहयोग गरेको छ। चालु आर्थिक बर्ष २०७७÷०७८मा बेदकोट नगरपालिकाले रेडक्रस सोसाईटीलाई एक आर्थिक सहयोग गरेको हो।

बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टलाई एक लाखको चेक हस्तान्तरण गरेका थिए। गत बर्ष पनि बेदकोटले रेडक्रसलाई एक लाख दिएको थियो। कार्यक्रममा बेदकोट वडा नम्बर ९ वडाध्यक्ष रामसिह धामी नगरपालिकाका लेखा अधिकृत प्रेमसिह निदाल सहितका जनप्रतिनिधी एव रेडक्रसकर्मी सहभागि थिए। जनताको स्वास्थ्यलाई मध्य नगर गर्दै रेडक्रससोसाईटीलाई आर्थिक सहयोग गरेको मेयर चन्दले बताए।

प्रतिक्रिया दिनुस