रामेछापको मन्थली नगरपालिका वडा नं–१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । मन्थली नगरपालिका वडा नं–४ सालुबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्वरको यात्रुबाहक बस तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा घाइते भएका १० जना विद्यार्थीहरुलाई घटनास्थलवाट तत्काल उद्धार गरी उपचारको लागि मन्थली स्थित तामाकोशी अस्पतालमा लगिएको छ ।

बसमा ५३ जना यात्रुहरु सवार रहेको र बाँकी यात्रुको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । बस तिव्र गतिमा भएका कारण विपरीत दिशावाट गइरहेको ट्याक्टरलाई साइट दिने क्रममा अचानक सडकमै पल्टिएको प्रवक्ता श्रेष्ठले बताए । प्रजातन्त्र दिवसको अवसर पारेर मन्थली नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्डको लागि श्री सेतीदेवी माध्यमिक विद्यालय सालुवाट बस रिर्जभ गरी विद्यार्थी लिएर सदरमुकाम मन्थलीतर्फ आउँदै थियो ।

प्रतिक्रिया दिनुस