७ फागुन, महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कञ्चनपुर कारागारका १० जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबारराष्ट्रपति विद्यादेवी भण्डारीले ४०१ कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्। जसमध्ये जिल्ला कारागार कञ्चनपुरका १० जना कैदीबन्दीको पनि कैद मिनाहा गरिएको हो।
जिल्ला कारागार कञ्चनपुरकी जेलर मायाकुमारी बस्नेत थापाले सवारी ज्यान,  बहुविवाह मुद्धामा कारागार जीवन बिताइरहेका १३ कैदीबन्दीको कैद मिनाहाका लागी गरिएको सिफारिसमा १० जनाको आचरण सुधारका आधारमा कैद मिनाहा गरिएको जानकारी दिइन्।
कैद मिनाहा हुनेमा कञ्चनपुरका रेसम तामाङ, करण ओड, राकेश बम, टिका, आयुस कटुवाल, विनोद रिजाल, लक्ष्मण चन्द, विष्णु चौधरी, दीपक डगौरा चौधरी र गोविन्द प्रसाद आर्चाय रहेका छन्।
विगत २–३ वर्ष देखी कारागार जीवन बिताउँदै आएका उनीहरूको कैद मिनाहा गरिएको हो। यसै गरी जिल्ला कारागार कञ्चनपुरमा क्षमता भन्दा तेब्बर बढी कैदी बन्दी हुँदा व्यवस्थापन समस्या  भएको जेलर थापाले जानकारी दिइन्। ९५ जनाको क्षमता रहेको कारागारमा १० जनाको कैद मिनाहा गरी अहिले ३ सय ८३ जना कैदी बन्दी रहेका छन्। कोचाकोचमै उनीहरूको व्यवस्थापन मिलाइएको उनले बताइन्।
प्रतिक्रिया दिनुस