सुदूरपश्चिम प्रदेश सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर आफ्नो तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ। ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित प्रभातफेरिपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित समारोहमा प्रदेश सरकारको प्रगति विवरण सार्वजनिक गरिएको हो।

प्रदेश प्रमुख सर्मिला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा प्रदेश सरकारको प्रगति विवरण समेटिएको पुस्तक लोकार्पण गरेका थिए। सुदूरपश्चिम प्रदेश सरकार गठनको तीन वर्ष, प्रमुख उपलब्धीहरु नाम दिइएको सो पुस्तकमा प्रदेश सरकारका सात वटै मन्त्रालयहरुले तीन वर्षमा गरेका कामहरुको विवरण समावेश गरिएको छ। साथै प्रदेश सरकारले तीन वर्षमा ल्याएका बजेट र त्यसको कार्यान्वयनको स्थिति पनि उल्लेख गरिएको छ। मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भएपनि त्यसको परिणाम आउन समय लाग्ने बताए।

उनले देशमा ढिलासुस्ती गर्ने प्रवृत्ति पहिलेदेखि नै रहेको हुनाले प्रदेश सरकारलाई त्यसलाई चिर्दै अगाडि बढ्न निकै कठिन भएको बताए। उनले प्रदेश सरकार हरेक तरिकाले प्रदेशवासीलाई छिटो सुविधा पु¥याउन चाहेको बताए। मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी ओलीको कदमले प्रजातन्त्र खतरामा परेको भन्दै त्यसको सबैले विरोध गर्नुपर्ने बताए। उनले हजारौंको बलिदानीबाट आएको लोकतन्त्रमाथि प्रधानमन्त्रीले संविधान कुल्चेर धावा बोलेको बताए।

प्रतिक्रिया दिनुस