केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ। आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो। बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो।

आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा खरिद बिक्रि भएको छ। यसैगरी, चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५ रुपैयामा कारोबार भएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको थियो।

प्रतिक्रिया दिनुस