महेन्द्रनगरमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिका वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका–३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन्। गोप्य सूचनाका आधारमा बिहिबार साँझ दुवै जनालाई पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जानकारी दिएको हो।

पक्राउ परेका हेमन्तबाट ६०० मिलीग्राम र जीवनबाट १०० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए। दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस