दार्चुलामा एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी २२ वर्षीय पान बहादुर ठगुन्नालाई महिलामाथि अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको हो।
सोही ठाउँकी २१ वर्षीया महिलाको उजुरीको आधारमा ठगुन्नालाई बुधवार साँझ पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए। उनले थप अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया दिनुस