कैलालीमा ४ वर्षिया बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना कारागार चलान गरिएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका – ९ घुईयाघाटकी ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा गत पुसमा पक्राउ परेका भारतको उत्तर प्रदेशका १९ वर्षीय रविकुमार कोरी कारागार चलान भएको प्रहरीले जनाएको हो।
बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका कोरीलाई जिल्ला अदालतमा भएको थुनछेक बहसपछिको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ती युवकलाई गत पुसमा पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुस