कैलालीमा एक महिलाको खप्पर र खुट्टा अलग भएको अवस्थामा शव भेटिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका –४ राम जानकी सामुदायिक वन भित्र एक महिनाको खप्पर र खुट्टा अलग भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको हो। शव सोही ठाउँकी अन्दाजी ७२ वर्षीय परदेशिनि चौधरीको रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार गत माघ २६ गते देखी उनि बेपत्ता भएकी थिइन्। सडेको अवस्थामा भेटिएको शव जंगली जनवारले खाएको जस्तो समेत देखिएको प्रहरीले बताएको छ। थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
प्रतिक्रिया दिनुस