प्रजातन्त्र दिवसको अवसर पारेर नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थीले रक्तदान गरेका छन। शुक्रबार नेपाल रेडक्रस सोसाईटी शाखामा रक्तदान गरेका हुन। नेकपा ओली पक्षीय अनेरास्ववियूका केन्दीय सदस्य कमल रोकायाले प्रजतन्त्र दिवसको अवसरमा रक्तदान गरेको बताए।

रक्तदान कार्यक्रममा जिसस कञ्चनपुर प्रमुख फैरु तामाङ्गदेखि भूमि आयोगका अध्यक्ष कमल बोहरा , भीमदत्त नगरका जनप्रतिनिधी एव युवा संघकञ्चनपुरका सह संयोजक प्रशान्त भट्ट सहितका नेकपा ओली पक्षीय नेताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुस