अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदूर पश्चिम प्रदेशले धनगढीमा शुक्रवार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’सार्वजनिक गरेको छ। केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा शुक्रवार धनगढीमा पनि सार्वजनिक गरीएको हो। अनौपचारिक सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न थालेको २९ वर्ष पुरा भएको छ। इन्सेकले गरेको अभिलेख अनुसार सन २०२० मा सुदूरपश्चिममा ५ सय १७ मानवअधिकार उल्लघनका घटना सार्वजनिक भएका छन्।

जसमध्ये गिरफ्तार ४० कुटपिट २७ बाल अधिकार ८२ हिरासतमा मृत्यु २ जेलमा मृत्यु ३ आर्थिक सामाजिक तथा सास्कृतीक अधिकार १ घाइते ३ हत्या ४० जातिय विभेद ७ अभिव्यक्ति,भेला तथा संङ्गठितहुने अधिकार १ र महिला अधिकार ३ सय ११ गरी ५ सय १७ मानव अधिकार उल्लघनका घटना सार्वजनिक भएको इन्सेकले जनाएको छ। सन् २०१९ मा ७ सय ९८ वटा घटना भएका छन । सन् २०१८ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ सय ६४ जना पीडित भएका थिए। नागरिकको मर्यादा र सार्वभौम अधिकारप्रति सचेतना बढाउने अभिप्रायले नै मानव अधिकार सँग सम्बन्धित घटना र सूचना प्रकाशन गरिएको अनौपचारिक सेवा केन्द्रका सुदूरपश्चिम प्रदेशका संयोजक खडक राज जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनुस