धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका लागि नेकपाका नेता नारदमुनि रानाले सहयोगको घोषणा गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि ५० हजार सहयोग गर्ने विघटित प्रतिनिधि सभा सदस्य रानाले ५० हजार सहयोगको प्रतिबद्धता जनाएका हुन्।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव भानुभक्त आचार्य र नेता राना बीच सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। रानाले आफुले खेलकुदलाई सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन्। धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लबर बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ।

प्रतिक्रिया दिनुस