पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन। भट्राई आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन।पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका भट्राई चिकित्सकहरुको सल्लाहा अनुसार उपचारका लागि दिल्ली जान लागेका हुन।

चिकित्सकहरुका अनुसार भट्राई लाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ ।दिल्लीमा उनको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुने बताईएको छ । उपचारका क्रममा उनिसंग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे संगै रहने बताईएको छ ।

प्रतिक्रिया दिनुस