बालिकामाथि दुव्र्यवहार गरेको आरोप लागेका कञ्चनपुरका एक शिक्षक माथि म्याद थप गरि अनुसन्धान हुने भएको छ। जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षक मधुविलास ढुङ्गानामाथि अनुसन्धानको लागि जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार महाकाली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानालाई विद्यालयमै यौन दुव्र्यवहार गरेको आरोपका आधारमा पक्राउ गरिएको थियो। प्रहरीकाअनुसार ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनी विरुद्ध यौन दुव्र्यवहार गरेको कसुरमा उजुरी परेको छ।

प्रतिक्रिया दिनुस