फाइल।

बझाङमा चितुवाको छालासहित एकजना पक्राउ परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका–८ मसनिसेराबाट चितुवाको छालासहित सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरा पक्राउ परेका हुन्।

चितुवाको छाला बोकी हिँडिरहेका उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ थान चितुवाको छाला बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुस