फाइल।
बझाङमा यौन क्रियाकलापमा किशोरीलाई संलग्न गराइ आर्थिक लाभ लिने एक महिला पक्राउ परेकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई बझाङ प्रहरीले एक वर्ष पछि नियन्त्रणमा लिएको हो।
बलात्कारमा सघाएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनी २०७६ फागुन १९ देखि फरार रहेकी थिइन्।
उनलाई आइतबार सिराडबाट पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। धामी अवैध यौन क्रियाकलापमा संलग्न गराइ आर्थिक लाभ समेत लिने गरेकी खुल्नमा आएको प्रहरीले जनाएको छ।
धामीले कैलालीमा १७ वर्षीया किशोरीमाथि बलात्कारमा सहयोग गरेको र बझाङमा पनि बलात्कारमा सहयोग गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकी धामीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको छ। सोही मुद्दामा फरार रहेका अर्का आरोपित दिपकबहादुर गुर्धामीको भने खोजी कार्य भइरहेको डिएसपी खड्काले बताए।
प्रतिक्रिया दिनुस