कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढी स्थित अस्थाइ कोरोना अस्पतालमा उपचारारत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठका अनुसार फागुन ३ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमवार बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुस