जनता उत्साहित छन्
विप्लवहरू वार्ताको पहलमा छन्
जनताका नाराहरू घन्किनेछन्
दलाल व्यवस्था र त्यसका पात्रहरू थन्किने छन्।

प्रतिबन्ध खारेज हुँदै छ
नेता कार्यकर्ता रिहाइ हुदैछन
झुटा मुद्दा खारेज हुनेछन्
पार्टी शुभचिन्तकहरू पनि रोडमा हुनेछन्

क्रान्तिका नाराहरू घन्किने छन्
एकीकृत जनक्रान्ति जिन्दाबाद
नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद
दलाल संसदीय व्यवस्था ध्वस्त पार्दै
समाजवादी व्यवस्था लागू गरौँ ।

खबरदार है अब खबरदार
निर्मला बलात्कार गर्नेहरू खबरदार
भागरथि भट्ट बलात्कार पछि हत्या गर्नेहरू खवदार
भ्रष्टाचारीहरू खबरदार
दलालहरू खबरदार
कमिसनखोरहरु खबरदार
भू माफियाहरू खबरदार

विप्लवहरू रोडमा उत्रिँदै छन्
हिमाल,पहाड र गाउँ देखि सहर केन्द्रित हुदैछन
जनताहरूमा खुसीयाली छाउँदै छ

जनक्रान्तिका सिपाहीहरू
समाजवादको सपनाबोकि
नारा घन्काउँदै,  झनझन
मसाल बाली आउँदै छन्
खवदारि तुल्याउँदै

बालुवाटार जमिन काण्डका पोकाहरू
वाईडवडि काण्डका पोकाहरू
३३ किलो सुनका पोकाहरू
निर्मला पन्तका हत्यारा बादलका छोराहरू

कथित बाम गठबन्धन पछि
४ वर्ष यता खरेडिका खरेडि बनाउनेहरू
साईकल नभएकाहरू मोटरसाइकल चढ्नेहरू
दुईतिहाई को दम्भमा दादागिरी गर्नेहरू

ए……………………………………
मुठ्ठीभरका पुजीवादीहरु
मुठ्ठीभरका सिआईडिहरु
मुट्ठीभरका दलालहरू
मुठ्ठीभरका बलत्कारिहरु

तिम्रा उल्टादिनहरु गिन्ती गर
पैसाका पोकाहरू राष्ट्रियकरण गर
अकुत सम्पत्ति राष्ट्रियकरण गर
घरघरेडिहरु राष्ट्रियकरण गर
हैन भने खबरदार

कुमार पौडेल मार्नेहरू
सनराईजका सपना माथि
रगतको होली खेल्नेहरू
नीर दाइ मार्नेहरू
दम्भको हुङ्कार मच्चाउने
मतियार हरू अब खबरदार ।।

सहिद परिवारलाई हार्दिक नमन छ
आमा तिमिले साहसी छोरा गुमाएकी
आफ्नो कम्मरमा रसि कसेका छौ
अब त्यो रसि फुकाउनु पर्छ
हत्याराहरूले यसको दह्रो सजाय पाउनेछन्

आदरणीय
सुनिल कमरेड
दिल ब रम्तेल कमरेड
कुमार पौडेल कमरेड
सनराईज कमरेड
नीर कमरेड
धनरुप बटलाहरु
ज्ञात अज्ञात सम्पूर्ण कमरेडहरू
तिम्रा सपना साकार चाडै हदैछन ।

मुठ्ठी भर दलाल पुँजीवादी व्यवस्था
को अन्त हुदैछ
युगौँ युग बारिरहने व्यवस्था
समान्ताको भण्डार
निष्पक्ष को भण्डार
वैज्ञानिक समाजवादी व्यवस्था
को उदय हुदैछ ! !

( प्रतिबन्ध फुकुवा हुँदै छ गजल नेकपा विप्लव बैतडी दोगडाकेदारका इञ्जार्ज आजादले लेखेका हुन्।)

 

प्रतिक्रिया दिनुस