कञ्चनपुर ,फागुन १०, निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट लगाएको अवस्थामा कञ्चनपुरको वेदकोट नगरपालिका दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेको समयमा निर्मला पन्तको न्यायको माग गरिरहेका चन्दसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो।

उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ। निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट २ जनाले लगाएको र ४ जनाले टिसर्ट नलगाएको अवस्थामा नियन्त्रण लिएको झलालरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस