कञ्चनपुरमा कबड्डी नखेलेको भन्दै छात्रामाथि कुटपिट गरेका प्रिन्सिपलमाथि विद्यार्थी संगठनले कार्वाहीको माग गरेका छन्। सोमबार जिल्लाको भीमदत्तनगरपालिका –९ स्थित बैजनाथ माध्यामीक विद्यालयका प्रिन्सिपल खड्क बहादुर विष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनीषा नाथ माथि कुटपिट गरेका थिए।

छात्रामाथी कुटपिट गरी अचेत अवस्थामा पु¥याएको हुँदा अनेरास्वियु र नेकपा विप्लव निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दे अनेरास्वियु कञ्चनपुरका सह संयोजक ओम बस्नेत र नेकपा विप्लव निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अध्यक्ष ललित ऐरले निज प्रधानाध्यापक बिस्टमाथि कानुनी कारबाहीका लागी सम्बन्धित निकायमा माग गरेका छन्।

विज्ञप्तिमा कुटपिट गर्ने उपर कारबाही नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ।
प्रधानाध्यापक विष्टले कबड्डी खेलमा सहभागिता नजनाएकै कारण मनीषामाथि कुटपिट गर्दा उनको टाउको र शरीर र हातमा चोट लागेको छ। उनको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

No description available.

–सम्बन्धित समाचार

महेन्द्रनगरमा कबड्डी नखेलेकै झोकमा बैजनाथका प्रिन्सिपलले कुटे छात्रालाई,  थप उपचारका लागी धनगढी रेफर

प्रतिक्रिया दिनुस