महेन्द्रनगर १०, फागुन–कञ्चनपुरमा एक विद्यालयका प्रिन्सिपलले कबड्डी नखेलेकै झोकमा छात्रामाथि कुटपिट गरेका छन्।
जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ–सिद्धनाथ माध्यामीक विद्यालयका प्रधानाध्यापक खड्क सिंह विष्टले कक्षा ९ मा अध्ययनरत मनिसा नाथमाथि कुटपिट गरेका हुन्।
प्रधानाध्यापक विष्टले कबड्डी खेलमा सहभागिता नजनाएकै कारण मनिसामाथी कुटपिट गर्दा उनको टाउँको, शरीर र हातमा चोट लागेको छ।
घाइते मनिसाका परिवारले पिन्सीपल बिष्टमाथी कारबाहीको माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापा क्षेत्रीले बालिकाको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको जानकारी दिए। उनले प्रिन्सिपल बिस्टलाई नियन्त्रणमा लिइएको बताउँदै थप अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया दिनुस