बैतडेली चेली किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ बन्न सफल भएकी छन्। उनी सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला पनि हुन्। गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमापदस्थापना गरेपछि उनी सोमबार डोटी जिल्लाप्रशासनकार्यालयमाहाजिर भएकी छन्। उनलाई डोटीका प्रमुखजिल्लाअधिकारी भीमप्रसाद भट्टराई लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीले स्वागत गरे।

गृह मन्त्रालयको माघ २८ गतेको निर्णय अनुसार डोटी जिल्लाको सहाय सीडिओमा पदस्थापना गरेपछि हाजिर भएको किरण जोशीले बताइन्। यसअघि उनि रोल्पा जिल्लाको निर्वाचन कार्यालयको निर्वाचन अधिकारी थिइन्। २०६१ साल साउन १ गते खरिदार पदबाट निजामति सेवामा प्रवेश गरेकी जोशी २०६२ मा नासु, २०६७ सालमा शाखा अधिकृत र २०७७ माघ १४ गते खुला प्रतिस्पतार्धाबाट उप सचिव पदमा पास भएकी हुन्।

जोशी जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुनुहुन्छ। उनले लोकसेवा सम्बन्धी पुस्तक समेत लेखेकी छन्। हाल सम्म खरिदार, उप सचिव र सह सचिव स्तरको करिब ४० वटा लोक सेवा तयारी किताब समेत लेखिसकेको उनले बताइन्। निजामति सेवामै रहनु भएका श्रीमान सिद्धराज जोशीसँग सयुक्त रुपमा पुस्तक लेखेको उनले बताइन्। आफू जन्मेकै प्रदेशमा बसेर देश र जनताको सेवागर्ने अवसर पाएको मा खुशी लागेको जोशीले बताइन्। सुदूरपश्चिम बसुन्जेल जनभावना अनुसार कामगर्ने उनले प्रतिबद्धता जाहेर गरीन्। गोरखापत्रबाट बाट

प्रतिक्रिया दिनुस