एजेन्सी । भारतका एक सांसद मृत फेला परेका छन्। लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन्। उनको शव होटल सी ग्रीनमा फेला परेको थियो।

प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि भेटेको छ। उनको शव सोमबारै पोष्टमार्टमका लागि पठाइएको दैनिक भाष्करले जनाएको छ। ५८ वर्षीय डेलकर सन् २०१९ मा केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए। डेलकरको परिवारमा पत्नी कालाबेन डेलकर, दुई छोराछोरी अभिनव र दिविता रहेका छन्।

प्रतिक्रिया दिनुस