बलिउड अभिनेता अक्षयकुमारले वर्षमा चारवटा भन्दा बढी फिल्ममा अभिनय गर्ने गरेका छन् । यति गर्दा पनि उनलाई अभिनयप्रतिको भोक मेटिएको छैन रे ! हालैको एउटा अन्तर्वार्तामा उनले आफूलाई वर्षमा अझ धेरै फिल्म गर्ने चाहना भएको बताएका छन् । ‘म वर्षमा धेरै दिन छुट्टि लिने कलाकारमा पर्छु,’ अक्षयले भनेका छन्, ‘मलाई अझ धेरै फिल्म गर्ने इच्छा छ ।

तर, आफूले सोचेजस्तै त कहाँ हुन्थ्यो र !’ अक्षयले वर्षमा आफू करिब दुई सय दिन मात्र सुटिङमा व्यस्त हुने गरेको हिसाब गर्दै बाँकी एक सय ६५ दिन छुट्टिमा बस्नुपरेकोमा गुनासो गरेका छन् । ‘वर्षमा तीन सय ६५ दिन हुन्छ । एउटा फिल्मको सुटिङ गर्न झन्डै ५० दिन लाग्छ । यो हिसाबले म वर्षमा जम्मा २ सय दिन सुटिङमा हुन्छु । बाँकी एक सय ६५ दिन बिदा बस्नुपरेको छ ।’ शनिबार आधा दिन मात्रै काम गर्ने अक्षय आइतबार भने पूरै बिदा बस्छन् । त्यति मात्रै होइन, हरेक तीन महिनामा उनी कामबाट पूरै बिदा लिन्छन् । एजेन्सी

प्रतिक्रिया दिनुस