प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन धनगढीमा सुरु भएको छ। अधिवेशनबाट अध्यक्षमा दार्चुलाका महेश भट्ट र सचिवमा डडेल्धुराका प्रदीप भट्ट निर्वाचित भएका छन्। अधिवेशनको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुल पति अमरराज जोशीले गरेका थिए।

एक संकल्प राष्ट्रका लागि विषयमा भइरहेको प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दोस्रो प्रदेश अधिवेशनले महत्त्वपूर्ण सुदूरपश्चिम घोषणापत्र जारी गर्ने राष्ट्रिय सङ्गठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिए।

उनले सुदूरपश्चिममा शिक्षा क्षेत्रका समस्या, सामाजिक लगायत आर्थिक अवस्था केलाई समाधान सहित प्रस्ताव पारित गरी प्रदेश सरकारलाई बुझाइने जानकारी दिए।
आधुनिक विश्व परिवेशका सकारात्मक र आवश्यक विषयलाई आत्मसात् गर्दै व्यक्ति निर्माणका माध्यमद्वारा दलगत राजनीतिदेखि माथि रही प्राज्ञिक विद्यार्थी परिषद्ले विगत २५ वर्षदेखि लक्ष्य प्राप्तिका लागी युवाहरूमा प्रशिक्षण दिइरहेको ढकालले बताए।

प्रतिक्रिया दिनुस