नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने तर्क गरेका छन्। मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि गरेपछि बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताए।

‘जनताको पक्षमा सर्वोच्चले फैसला गरेको छ। १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेशबमोजिम प्रतिनिधिसभा अगाडि बढ्छ। हामीले संसद्बाटै केपी ओलीलाई कारबाही गर्छौं। अब अहिलेको अवस्थामा सरकार गठन गर्ने कुराभन्दा पनि लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा हो नेता रावलले भने।’ पूर्व–उपप्रधानमन्त्रीसमेत रहेका रावलले सर्वोच्चले जनताको पक्षमा फैसला उनको भनाई छ।

प्रतिक्रिया दिनुस