पछिल्लो चौबीस घण्टामा मुलुक भर तीन हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएकामा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ।

मन्त्रालयको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार थप ६१९ जनाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म मृत्यु पुष्टि नभएकाको संख्या सीसीएमसीले आज यकिन गरेको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको छ। त्यस्तै चौबीस घण्टामा ७१ जना संक्रमणमुक्त भएका छन्। योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ । हाल क्वारेन्टिनमा ६३ जना छन् भने आइसोलेसनमा एक हजार ९३७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस