फोटो : दिपा भण्डारीको फेसबुकबाट

अछामको मंगलसेन नगरपलिका –६ स्थित डाडा गाउँमा टोल सुधार कार्यक्रम अगाडी बढेको छ।

टोल बिकास सस्थाका अध्यक्ष नामसरा भण्डारीको अध्यक्षतामा सुरु भएको टोल सुधार कार्यक्रममा पुर्ब गाबिस अध्यक्ष पर्भुनाथ भण्डारी, ठुलासेन स्थाइ प्रहरी चौकीका इन्चार्ज दान सिङ महरा , मनकामना प्राबीका प्राध्यापक नगेन्द्र भण्डारी , शिक्षक बालाराम भण्डारी , गंगा माबिका शिक्षक मदन प्रसाद भण्डारी, आमा समुहका अध्यक्ष पबित्रा भण्डारी , जेष्ठ नागरिक नन्दाराम भण्डारीको सहभागीतामा टोल सुधार कार्यक्रम लागु भएको हो।

टोल सुधार कार्यक्रममा महिला हिंसा, लैङ्िगक हिंसा, छाउपडि कुपर्थाजस्ता दैनिक अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्न सक्रिय रूपमा अग्रसर बन्ने सहभागी महिलाहरुले जान्कारी दिएका छन। समाजलाइ नमुना बनाउने र आफ्नो घरपरिवार लाई खुसि र सुखी बनाउने जिम्मेवारि महिलाको हातमा हुने भएकाले राम्रो कुरा आफै बाट सुरुवात गर्ने सहभागी महिलाहरुले संकल्प लिएका छन्। प्रहरीले कुप्रथा र अनैतिक गतिविधी नियन्त्रण गर्न नसक्ने भन्दै स्थानियहरुले टोल सुधार अभियान थालनी गरीएको जनाएका छन्।

समाजमा हुने गरेका हिंसात्मक गतिविधि रोक्न, अवैध गरेलु मदिरा न्यूनीकरण गर्न र छाउपडि कुपर्थाको अन्त्य गर्न आफु सधै सक्रिय भएपनि छाउगोठ बार्ने चलन केही मात्रामा कायमै रहेकाले यस्का विरुद्ध आवाज उठाउनु पर्नेमा सबैको आवश्यकता रहेको प्रहरीले जनाएको छ। उक्त कार्यक्रममा मदिरा सेवन गरि हो हल्ला गर्ने सर्बसाधारण लाई ३ हजार जरीवाना, कर्मचारी , समाजसेवी , बुद्धिजीवी लाई ५ हजार जरीवाना सहित कार्बाही गर्ने र मदिरा अनुमती बिना बिक्रीवितरण गर्ने लाई प्रथम पटक भेटदा ५ हजार, दोस्रो पटक पाय पश्चात् टोल सुधार समितिको निर्णय अनुसार कार्वाही गर्ने टोल सुधार समितीले निर्णय गरेको छ।

कुनै पनि महिलाले आफ्नो श्रीमानले जाड रक्सी सेवन गरि होहल्ला गरि हिंशात्मक क्रियाकलाप गरे स्वयंम महिलाले लुकाइ छिपाइ गरेमा टोल सुधार समितिको निर्णय अनुसार महिलाले नै ५ हजार जरिवाना गर्ने निर्णय समेत गरीएको जनाइएको छ। उक्त कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष नामसरा भण्डारीको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरीएको छ।,आमा समुहका अध्यक्ष पबित्रा भण्डारीको अध्यक्षतामा १८ सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुस