फाइल।

क्ञ्चनपुरको सीमा क्षेत्रका होटलमा खुलेयाम जुवातास खेलाउने होटल साहु सहितका सात जना पक्राउ परेका छन। गएराती भीमदत्त नगरपालिका १० गड्डाचौकीको करण वार रेष्टुरेन्टमा जुवा खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको हो। करण वारका संचालक भुवन भण्डारी सहित सात जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाका अनुसार होटल साहु भण्डारी सहित भीमदत्त नगरपालिका १० का दिपक राज जोशी, भिम शाही, बिनोद रावल, तेज बहादुर चन्द, महेश सिह थापा र पंकज पन्तलाई पक्राउ गरिएको छ। जुवाको खालबाट २ लाख १ हजार ९सय ५रुँपैया एक एक थान जुवाको ग्डडी बरामद गरिएको छ। उनीहरु बिरुद्ध मुलुकी अपराध संहिता ०७४ बमोजिम जुवा खेल्ने वा सट्टाबाजी गर्न नहुने कसुरमा मुद्दा चलाईनेछ।

प्रतिक्रिया दिनुस