कैलालिको गोदावरी नगरपालिका ५ का ३६ वर्षिया शिवचरण रानाको धारीलो हतियार प्रहार गरी हत्यागरेको घटनामा प्रहरीले अनुशन्धानका लागी १२ जनालाई नियन्त्रणमा लिएको छ। धारीलो हतियार प्रहार गरी रानाको शव फेला परेपछि सोधपुछका लागि १२ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

उनीहरुको नाम भने खुलाइएको छैन। गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले राना मृत फेला परेको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ। घटनास्थल मुचुल्का लगायतको काम सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस