बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ। डिएनए परीक्षणका लागि रगतलगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो।

डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ। यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको थियो। तर, परीक्षण रिपोर्ट भने आएको छैन। गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा शव फेला परेका थियो। त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुस