सुक्लाफाँटा नगरपालिका – १ की दलित महिला वडा सदस्य सन्तोला कामी।

महेन्द्रनगर १६, फागुन–कञ्चनपुरमा एक महिला वडा सदस्यले दलित भएकै कारण वर्षेनी वडा अध्यक्षको हप्काइ सहनु परेको छ । जिल्लाको सुक्लाफाँटा नगरपालिका – १ की दलित महिला वडा सदस्य सन्तोला कामी माथि वर्षेनी वडा अध्यक्ष हरिस बहादुर विष्टले हेपाहा व्यवहार गर्दे आएको गुनासो गरिएको हो।

गत शुक्रवार वडामा सुकुम्वासी आयोगका लागि बसोबासको प्रमाण बनाउन आरक्षपिडीतको निशुल्क सिफारीसको विषयलाई लिएर वडा अध्यक्ष बिष्टले अप्सब्द प्रयोग गर्दे तल्लो स्तरको जाती भन्दै उपहास गरेको वडा सदस्य कामीले गुनासो गरिन्। उनले भनिन्–‘‘सुकुम्वासी आयोगका लागी बन्साहको बैसाखा सिविरबाट केही स्थानीय आवेदन दिन आएका बेला बसोबासको प्रमाणपत्रको निशुल्क सिफारीस गरीनुपर्ने भन्दै पहल गरीदा कार्यालय वडा अध्यक्ष र कार्यालय सहयोगीले मान मर्दन हुने गरी अपशब्द प्रयोग गरेर हातपातको प्रयास गरे।’

वडा अध्यक्ष हरिस विष्टले सेवा ग्राहीकै उपस्थितिमा दलित कै पक्षमा लाग्ने, काममा बाधा गर्ने, दलितले आफ्नो स्थान बुझ्नु पर्छ निकल्नुस् यता बाट भनी हप्काएको उनले गुनासो गरिन्। वडा अध्यक्ष विष्टले पटक–पटक दलित भएकै कारण आफूलाई अपहेलना गर्ने गरेका उनले दुखेसो पोखिन्। गत वर्ष पनि वडा अध्यक्ष विरुद्ध सुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएकी कामीले मेलमिलाप गरी घटना मिलाइएको बताइन्।

तर पटक–पटक वडा अध्यक्ष विष्टले दलित भएकै कारण आफूलाई हेपाहा व्यवहार गरिरहँदा काम गर्न असहज भएको उनले गुनासो गरेकी छन्। उनले भनिन्–‘दलित भएकै कारण काम गर्न असहजता तुल्याएको छ।’ उ सो त छुवाछुत, भेदभाव रहित समाजको परिकल्पनाका बिच जिम्मेवार पदमा बसेका व्यक्तिबाटै आफूहरूलाई काम गर्न नदिइँदा कहिले सम्म अपहेलना सहेर बस्ने भन्दै उनले आक्रोश पोखिन्।

फोटोकपिको विषयलाई लिएर उत्पन्न भएको विवाद दलित र सुकुम्बासीहरुलाई निशुल्क प्रमाणपत्र बनाइनुपर्ने वडा सदस्य कामीले जिकिर गर्न खोजेपछि चर्को रुप लिएको वडा सदस्य प्रमानन्द जोशीले बताए।

वार्ड कार्यालय संगै रहेको पशुसेवा कार्यालयका सहयोगी विनोद अवस्थी सँग पनि सामान्य चर्चाचर्कि भएपछिको विवादमा वडा अध्यक्षको प्रवेश भएको उनले बताए। अध्यक्ष बिष्टले सामान्य सम्झाउन खोज्दा वडा सदस्य नाराज हुन पुगेकी उनले जिकिर गरे।

यता वडा अध्यक्ष विष्टले भने दुव्यवहार गरेको भन्न नमिल्ने बताए। उनले भने,–‘हामी सब समान हौ, महिनामा एकचोटी वडामा आउनु भो, मान नै नदिएको भन्छन् उनले भने,–‘ फुलको माला ल्याएर सम्मान त गर्न सक्दैन नि।’ वडा अध्यक्ष विष्टले बिना कारण वादविवाद उत्पन्न भएपछि बोलाबोल भएको स्विकारे।

न्यायका लागी नगरपालिका भौतारीदै कामी

नगरपालिका कार्यालय अगाडी निवेदन समातेर उभिरहेकी वडा सदस्य कामी।

आइतबार कालापानी खबर अनलाइन मिडियाको टिम सुक्लाफाँटा नगरपालिका पुग्दा वडा सदस्य कामी निवेदन समातेर गेट बाहिर उभिरहेकी थिइन्। उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिले स्थानीय स्तरका विवाद समाधान देखी, मेलमिलाप गराउँदै आइरहेको पाइन्छ।

तर वडा सदस्य कामीले भने न्याय पाउने आस हराइसकेको बताइन्। उनले भनिन्–‘निवेदन त लेखिमागेकी थिए तर नगरपालिका पुग्दा दर्ता नै गरिएन, नेपाली पानामा लेखेर ल्याउन भन्दै बाहिर पठाइदिए।’ न्यायिक समितिले आफूमाथि न्याय नगरे अदालतको सहारा लिने उनले बताइन्।

तर सुक्लाफाँटा नगरपालिकाले भने जनप्रतिनिधि बिचमै भएको विवाद हुँदा सुल्झाउने प्रयास भइरहेको जनाएको छ। प्रवक्ता जगत बहादुर सिंहले भने,–‘यो हामीहरूको आन्तीक समस्या हो, छिट्टै सुल्झ्याईने छ।’

प्रतिक्रिया दिनुस