बैतडीमा एक चितुवा मृत अवस्थामा फेला परेको छ।जिल्लाको सुर्नया गाउँपालिका–३ बगजेवलामा ६ फिट लम्बाई र २ फिट उचाईको चितुवा मृत फेला परेको हो। डिभिजन वन बैतडीका अधिकृत केशव पराजुलीले सड्न थालेकाले चितुवा ४–५ दिन अगाडि मरेको हुन सक्ने बताए। कुनै जनावरसँग लडाई हुदा भिरबाट लडेर मरेको हुन सक्ने उनले अनुमान गरे।

उक्त चितुवालाई आइतबार नै डिभिजन वन कार्यालय परिसरमै व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुस