फाइल।

महेन्द्रनगरमा अबैध काठसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ हल्दुखालका २८ वर्षीय मोहन जाग्री र १९ वर्षीय राजेन्द्र सिंह रहेको छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार चिरान गरिएको सालको काठ बोकेर हिँड्दै गरेका दुवैलाई सोधपुछ तथा जाँच गर्दा अवैध देखिएपछि पक्राउ गरी दुवैलाई काठसहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ। प्रहरीले आजै भीमदत्त नगरपालिका–६ नजिक भारतबाट भन्सार छलेर ल्याएको पाँच बोरा चिनी, प्लाष्टिक छ बोरा गरी रु ३० हजारको बेवारिसे सामान बरामद गरेको जनाएको छ

। पुर्नवास नगरपालिका–४ गाउँबाट पानी तान्ने मोटर तीन थान, सिलिङ पंखा दुई थान, होल्डर १० थान पार्केट फ्युज १० पाकेट, एम्सी दुई थान स्क्रु दुई थान र लेडिज चप्पल सानो ठूलो ५२ जोरको रु ३० हजार तीन सय मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुस