पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसपकट हवाइ इन्धनको पनि मूल्य बढेको छ । निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढेको हो ।

त्यस्तै, आन्तरिक उडानका हवाइ इन्धनमा ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने तेलमा २५ अमेरिकी डलर मूल्य बढाइएको छ । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य अब १ सय १६ रुपैयाँ, डिजेर मट्टीतेलको ९९ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यसपटक बढेको छैन ।

प्रतिक्रिया दिनुस