नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरले केन्द्रीय योजना अनुसार विज्ञप्ति जारी गरि विभिन्न स्थानीय निकायहरूमा सुरक्षा र आत्मसुरक्षा तालिमका लागि दुई बुँदे मागपत्र बुझाएको छ। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र बेटकोट नगरपालिकामा मागपत्र बुझाएको अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला अध्यक्ष ललित एसकेले जानकारी दिए ।विज्ञप्तिमा भनिएको छ ःहाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापना काल देखि नै नेपालको समग्र शैक्षिक तथा राजनीतिक सवालहरूमा बलिदानीपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको कुरा सर्वविदितै छ ।

नेपालमा विगतमा भएको जनयुद्व। जनआन्दोलन लगायत जनताले ठूलो संघर्ष गरे पनि नेपालको सामाजिक रूपान्तरणमा रहेका गम्भिर प्रकारका समस्याहरूको अन्त्य हुन सकेन । समाजमा विद्यमान विभिन्न सामाजिक समस्याहरू यथावत नै रहे । विगतमा विकृति विसंगतिको रुपमा रहेको जातिय छुवाछुत तथा भेदभाव, महिला हिंसा, बलात्कार जस्ता जघन्य मानवता विरोधी अपराधका घटनामा कत्ति पनि सुधार भएन । पछिल्लो समय त झन् महिला तथा बालबालिकाहरूको सुरक्षाको अवस्था अत्यन्त कमजोर बनेको छ । सरकारी उदासीनताका कारण चौतर्फी समस्याहरू देखिएका छन् ।

निर्मला पन्त, सम्झना कामी, भागिरथी भट्ट, रूकुमको सोती काण्ड लगायत अबोध र निर्दोष छात्र छात्राहरूको बलात्कार र हत्या घटनाले त नेपाली समाजमा विद्यमान विकृतिलाई उदाङ्गो पारिदिएको छ । व्यक्तिगत सत्ता, भ्रष्टाचार, नातावाद, कुपावाद आदीमा केन्द्रित वर्तमान सरकार यस्ता घटनाको निरिह र लाचार साक्षी बनेको छ । यस्तो अवस्थामा हाम्रो संगठन अत्यन्तै गम्भिर रुपमा निम्न मागहरू प्रस्तुत गर्दछ ।१. निर्मला पन्त, सम्झना कामी, भागिरथी भट्ट लगायत बलत्कार पछि हत्या गरिएका प्रतिनिधि घटना मात्रै हुन। निर्मला पन्त लगायत देशभरि महिला तथा छात्रा माथि बलत्कार पछि हत्या भएका घटनाको निष्पक्ष छानबिन गरी अपराधी दोषीहरूलाई कडा कारबाही गर्न र पिडितलाई उचित क्षतिपूर्ति सहित न्याय दिन ठोस पहल गरियोस् ।२. स्थानिय निकायमा रहेका स्कुल कलेजमा पढ्ने छात्राहरूको आत्मसुरक्षाको लागि विशेष तालिम तथा सुरक्षाको ग्यारेन्टी गरियोस् ।छात्राहरूको आत्मसुरक्षा तालिमको व्यवस्थाको माग गर्दै अखिल (क्रान्तिकारी)ले देशव्यापी रुपमा मागपत्र बुझाएको छ ।

No description available.

प्रतिक्रिया दिनुस