पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ ।

नेपालमा ९ सय ७४ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ । हालसम्म देशभर २१ लाख ७० हजार १ सय १२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुस