सरकार र प्रतिबन्धित नेकपा बिच बर्ता गर्न सहमती संगै वार्ता टोली गठन भएको छ। प्रतिबन्धित नेकपा विप्लव र सरकारदुवैले वार्ता टोलीको घोषणा गरेका छन । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ।

नेकपा महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनाताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत रहेको छ। विप्लव समूहको वार्ता टोलीमा नेकपा प्रभावसाली नेता प्रकाण्ड र युवा नेता दिपक चलाउने गरी दुई सदस्यीय रहेको छ । त्यस्तै सरकारले मंगलबार नेकपा चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् । नेकपा पार्टी विप्लव माथि २०७५ साल फागुन २८ गते प्रधानमन्त्री केपि शर्मा ओली सरकारले प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुस